बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

सारांश

  • बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ ।
  • अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।
  • राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै आएको छ ।

१६ कात्तिक, काठमाडौं ।

बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै आएको छ । सोही क्रमअनुसार आज पनि अनलाइन बिडिङ सिस्टममार्फत रकम निक्षेप संकलन गर्न लगिएको जनाइएको छ ।

अनलाइन बोलकबोल मार्फत आज दिउँसो ३ बजेदेखि देखि सबै इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष हुने गरी आह्वान गरिएको कुल रकमभित्र आवेदन दिन सक्नेछन् । निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ । क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
नवमीको दिन गरे मन्त्री घिसिङले वीपी राजमार्गको निरिक्षण
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
व्यवसायीहरुसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक