आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सारांश

  •   आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।
  • यो दिवस विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरुमा  मनाइन्छ ।
  • सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो ।

२१ मंसिर, काठमाडौं । 

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । यो दिवस विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरुमा  मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ ।

आज अन्तर्राष्ट्रिय हवाई सेवाले मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, यात्रालाई सहज बनाउन आइकाओले गरेको भूमिकालाई स्मरण गरिन्छ । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?