सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सर्लाहीका चार क्षेत्रमा १३३ जनाको उम्मेदवारी

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
  • मङ्गलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन्।
  • जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिष कुमार साहका अनुसार निर्वाचन क्षेत्र नं.

७ माघ, सर्लाही ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन्। जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिष कुमार साहका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १० स्वतन्त्रसहित २९, क्षेत्र नं. २ मा १७ स्वतन्त्रसहित ३१, क्षेत्र नं. ३ मा १९ स्वतन्त्रसहित ३४ र क्षेत्र नं. ४ मा २६ स्वतन्त्रसहित ३९ जनाले उम्मेदवारी दिएका छन्। चारै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थिति देखिएको छ।

निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नितिमा भण्डारी, नेपाल कम्युनिष्ट पार्टीबाट प्रमोद साह, जसपा नेपालबाट रामप्रकाश चौधरी र राष्ट्रिय मुक्ति पार्टीबाट विकास ठाकुरलगायतले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं. २ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल कम्युनिष्ट पार्टीबाट महेन्द्र राय यादव तथा नेपाली कांग्रेसबाट डा. सरोज कुमार प्रमुख उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गरेका छन्। क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साह कलवार, नेपाल कम्युनिष्ट पार्टीबाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट विनोद कुमार ढकाल र नेकपा एमालेबाट हरि प्रसाद उप्रेती निर्वाचन मैदानमा उत्रिएका छन्। यसैगरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेश कुमार सिंह र जसपा नेपालबाट रामेश्वर राय यादवलगायतले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
रोमाञ्चक मोडमा आईपीएलको प्लेअफ समीकरण, अन्तिम खेलले गर्न सक्छ ठूलो उलटफेर
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने