श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
१ पुस, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक लक्षित ‘हेल्प टु हेल्प टेन सेल’ स्थापना गर्ने भएको छ । पुस ८ गतेदेखि सञ्चालनमा आउनेगरी सेलको स्थापना गर्न लागिएको हो । मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुस्करले सेलको स्थापनाको अन्तिम तयारी भइरहेको बताए । श्रमिकहरूको ठगी र सुरक्षाको विषय व्यवस्थापन गर्नका लागि सेलको स्थापना गर्न लागिएको सचिव पुस्करले बताए ।

७५३ वटै पालिकामा रहेका रोजगार सूचना केन्द्र, सात वटै प्रदेशहरूमा रहेका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, श्रमाधान कल सेन्टर लगाययतका निकायबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन सेलको स्थापना गर्न लागिएको उनको भनाइ छ । सरकारले तीन वटा उद्देश्य राखेर सेलको स्थापना गर्न लागेको जनाएको छ । जसमा श्रमिकले राज्यको सूचनालाई आधिकारिक मान्ने, विभिन्न खालका ठगीका घटनाबाट जोगिने र डिजिटल गभर्नेन्सबारे जानकारी दिने रहेको उनले बताए । डिजिटल गभर्नेन्सको मामलामा श्रम मन्त्रालय अग्रस्थानमा रहेको तर १० प्रतिशत मानिसले समेत अनलाइन सेवा लिने नगरेको उनको भनाइ छ ।

सेलबाट श्रमिकका यी १० वटा प्रश्नको जवाफ दिइनेछ ।
पहिलो प्रश्न : कुन देश जाने हो, त्यहाँ श्रमिकको डिमान्ड छ कि छैन ?
दोस्रो प्रश्न : कुन कुन म्यानपावर कम्पनी आधिकारिक निकाय हुन् ?
तेस्रो प्रश्न : सम्बन्धित काम गर्न जानका लागि योग्यता के हो ? उमेर कति हो ? तालिम कस्तो चाहिन्छ ? स्वास्थ्य अवस्था के हुन्छ ? लगायतका विषयमा पनि जानकारी लिन पाइने ।
चौथो प्रश्न : यो निःशुल्क हो कि ? सशुल्क हो ? सशुल्क हो भने कति पैसा लाग्छ ?
पाचौं प्रश्न : कूल लागत कति हो ?
छैटौं प्रश्न : भुक्तानी कसरी गर्ने हो ? कसलाई गएर पैसा दिने हो ? कुन निकायको खातामा जम्मा गर्ने हो ?
सातौं प्रश्न : भुक्तानी कसलाई गर्ने ? एजेन्ट, म्यानपावर, कि सरकारलाई गर्ने ?
आठौं प्रश्न : यसको सुरक्षित प्रकृया के हो ?
नवौं प्रश्न : वैदेशिक रोजगारीमा पठाउने संस्थाको आधिकारिक व्यक्ति को हो ? त्यसको सम्पर्क, ठेगाना कहाँ छ ?
दशौं प्रश्न : अन्य कुराहरू सुझाव, सल्लाह केही भएमा ।
सचिव पुस्करले यी प्रश्नबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई धेरै जानकारी हुने बताए । उक्त सेल कार्यालय समयमा प्रदान गरिने सचिव उनले बताए ।



Post Comment