आईपीएल अक्सन : १८ करोडमा बिक्री भए मथिशा पाथिराना
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा जारी खेलाडी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा श्रीलंकाका मथिशा पाथिराना १८ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् ।
- उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो ।
- ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बेंगलुरुले दुई करोड भारतीय रुपैयाँमा खरिद गर्यो ।
१ पुस, काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा जारी खेलाडी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा श्रीलंकाका मथिशा पाथिराना १८ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो । ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बेंगलुरुले दुई करोड भारतीय रुपैयाँमा खरिद गर्यो । म्याट हेनरी र आकाश दीप भने बिक्री भएनन् । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जिया पनि बिक्री भएनन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया