एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २३, २०८०
|
|
८५ पटक हेरिएको
Shares
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने

सारांश

  • प्रतिनिधि विवादका कारणले प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ ।
  • अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचना जारी गरेका हुन् ।
  • गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारणले अगाडि बढ्न सकेको थिएन ।

२३ माघ, काठमाडौं । प्रतिनिधि विवादका कारणले प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचना जारी गरेका हुन् । गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारणले अगाडि बढ्न सकेको थिएन । विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट बोलाएर छलफल गरेका थिए । छलफलपछि प्रतिनिधि छनोटमाथि केन्द्रीय संगठन विभागले अनुसन्धान गरेर बन्द सत्र सुरु गर्ने सहमति जुटेको थियो । त्यसअनुसार, अधिवेशन अगाडि बढाउने जिम्मा भानुभक्त ढकाल र माधव ढुंगेलले पाएका थिए । तर अझैपनि आवश्यक गृहकार्य गर्नुपर्ने भन्दै १ फागुनसम्म अधिवेशन स्थगित गरिएको छ । एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
सेयर बजारमा झन्डै २२ अर्बको कारोबार
सेयर बजारमा झन्डै २२ अर्बको कारोबार
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
काठमाडौं महानगरले शुरू गर्‍यो निःशुल्क भिडियो एक्स-रे
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण