२६ जेष्ठ २०८२, आईतवार

चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण

धिरोज यादव

१२ माघ, सर्लाही। सर्लाहीको लालबन्दी, हरिपुर, कविलासी, नगरपालिका लगायत विभिन्न ठाउँमा चिसो बढेसँगै ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका छन् ।
नगरपालिका क्षेत्रका बजार र चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा साझेदारी वन उपभोक्ता समिती लागेका छन् । आफूसँग उपलब्ध भएको दाउरा निःशुल्करुपमा वितरण गरी जाडोको समयमा ताप्ने गरी बाँड्ने गरेका गरिएको र अपुग भएका क्षेत्रमा लालबन्दी साझेदारी वनबाट उपलब्ध गरेर दाउरा आवश्यकताका आधारमा वितरण गरिएको छ।

लालबन्दी नगरपालिका लगायतका विभिन्न ठाउँमा साझेदारी वन उपभोक्ता समिती द्वारा ३ क्विन्टल दाउरा वितरण गरिसकिएको साझेदारीका सचिव विनोद जैसवालले बताए । उनले चिसोबाट जोगाउन ४ नगरपालिकाका बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छन् । चिसोका कारण कोही बिरामी नपरुन् र ज्यान गुमाउनु नपरोस् भनेर यस कार्यमा लागेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment