२६ जेष्ठ २०८२, आईतवार

बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)

१२ माघ, काठमाडौं । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ ।

सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ । सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?