फागुनको २१ कोे निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौ : प्रमुख आयुक्त भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
फागुनको २१ कोे निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौ : प्रमुख आयुक्त भण्डारी

सारांश

  • निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् ।
  • बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन मात्र रहेको बताए ।
  • उनले भने,‘अब फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन हो ।

 

काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् । बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन मात्र रहेको बताए ।

उनले भने,‘अब फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन हो । यदी निर्वाचन भएन भने त्यसको विकल्प के हो त ? भनेर हामीले अहिले कल्पना गर्न सक्दैनौैं । त्यसको परिभाषा गर्न सक्दैनौं । ठोस रुपमा भन्दा नेपालको अहिलेको संविधान छेडखानी भएकै छ । यो छेडखानीलाई पनि सबै निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा भनेको निर्वाचन नै छ, त्यसैले जसरी पनि निर्वाचन गराएर नै छोड्नुपर्छ । अब निर्वाचन गर्ने कि नगर्ने भनेर गरिने छलफल बेकार नै हुने छ ।’ त्यस्तै उनले निर्वाचनको घोषणा भएको मितिदेखि नै निर्वाचन आयोग जसरी पनि निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि तल्लीन रहेको बताए । ‘निर्वाचनको घोषणा भएको मितिदेखि नै निर्वाचन आयोग जसरी पनि निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि तल्लीन छ । २४ औं घण्टा काम गरिरहेको छ । आयोगको मानसिकतामा जसरी पन निर्वाचन गराएर नै छा्ड्ने भन्दा अर्को कुनै कुरा नै खेल्दैन ।’ उनले भने

त्यस्ते निर्वाचन प्रमुख घण्डारीले पुस १३–१४ गते हुने समानुपातिकको उम्मेद्वारको बन्द सूची पेसमा पठाउने व्यक्तिहरु अत्यन्तै राम्रोसँग हेरेर मात्र पठाउन आग्रह गरे । सूची पेस गर्ने प्रयोजनको लागि कुनै पनि संशोधन गर्न नपर्नेगरी,परिवर्तन गर्न नपर्नेगरी र ऐन नियमले मागेको सबै प्रकृया पूरा गरेर सबै जनजातिको प्रतिनिधित्व हुनेगरी पठाइदिँदा दल र आयोगलाई पनि सहज हुने उनको भनाई छ ।

उनले भने,‘यहाँहरुलाई मैले स्पष्ट रुपमा के आग्रह गर्छु भने तपाईहरुले पठाउने व्यत्तित्वहरु अत्यन्तै राम्रोसँग हेरेर पठाउनु होला । त्यो पठाउने मात्र होईन,पेस गर्ने राम्रो जुन कार्यक्रम छ । त्यो सूची पेस गर्ने प्रयोजनको लागि कुनै पनि संशोधन गर्न नपर्नेगरी,परिवर्तन गर्न नपर्नेगरी र ऐन नियमले मागेको सबै प्रकृया पूरा गरेर सबै जनजातिको प्रतिनिधित्व हुनेगरी पठाइदिनुभयो भने तपाईहरु र आयोगलाई पनि सहज हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
दुई वर्षमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं