Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

सारांश

  • राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ ।
  • मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।
  • “संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,” सभापति दहालले भनिन् ।

 

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।

“संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,” सभापति दहालले भनिन् ।

बैठकले अध्ययन भ्रमणको मिति भने कार्यपरामर्श समितिले तोक्ने जनाएको छ । कार्यपरामर्श समिति बुधबार बस्ने निर्धारित भएको छ । सो अवसरमा समितिको वार्षिक प्रतिवेदनसम्बन्धी विषयमा पनि छलफल भएको समितिले जनाएको छ । समितिले अध्ययनपछि प्रतिवेदन तयार पारेर संबंधित निकायलाई आवश्यक सुझावसमेत दिने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
 सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते
 सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह