निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १७, २०८२
|
|
६० पटक हेरिएको
Shares
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह

सारांश

  • नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
  • मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पु¥याएर समाधान खोजिने बताएका हुन् ।
  • उनले भने, ‘जुनसुकै निर्माण कार्यको सम्झौता गर्दा कुनैपनि अनुचित लेनदेनको कारोबार नगर्ने, त्यस्तो किसिमको कुनै समस्या आयो भने सिधै महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीज्यू समक्ष पुगेर समस्याहरुको उजागर गर्ने र समस्याको सम्बोधन गर्ने आश्वस्त बनाउनु भएको छ ।

१७ चैत,काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पु¥याएर समाधान खोजिने बताएका हुन् ।

उनले भने, ‘जुनसुकै निर्माण कार्यको सम्झौता गर्दा कुनैपनि अनुचित लेनदेनको कारोबार नगर्ने, त्यस्तो किसिमको कुनै समस्या आयो भने सिधै महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीज्यू समक्ष पुगेर समस्याहरुको उजागर गर्ने र समस्याको सम्बोधन गर्ने आश्वस्त बनाउनु भएको छ । त्यही अनुरुप सरकारसँग सहकार्य गरेर सरकारको लक्ष्य प्राप्तिको लागि निर्माण व्यवसायी महासंघ र निर्माण उद्योगीहरु सरकारसँग सहकार्य गरेर अगाडि बढने कुरामा अत्यन्तै उत्साही छौं । यो कुरा मन्त्रीज्यूसँग भनिसकेका छौं ।

यस्तै, उनले सार्वजनिक खरिद ऐनलगायत विद्यमान कानुनहरूले पूर्वाधार क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको उल्लेख गर्दै ती कानुन संशोधन गरी छाता ऐन ल्याउन सरकारसँग आग्रह गरिएको पनि बताए । ‘लामो समयपछि मुलुकले ऐन, कानुन, नियमलाई देखाएर जसरी कर्मचारीतन्त्रले हाम्रो कामहरुलाई अवरोध गर्छ । त्यो समस्याको सम्बोधन गर्दै सार्वजनिक खरिद ऐनलगायत जतिपनि ऐनहरुले पूर्वाधार क्षेत्रलाई चलायनमान गर्न सक्दैन त्यसलाई संशोधन गर्न छाता ऐन बनाउन हामीले अनुरोध गरेका छौ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई