सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
५८३ पटक हेरिएको
Shares
सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वीकृतिबेगर ५६ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको सेयर लगानी गरेको पाइएको छ।
  •  महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कानुन उल्लंघन गरी सब्सिडरी, एसोसिएट र अन्य गरी ३५ निकायमा उक्त रकमबराबरको सेयर लगानी गरेको उल्लेख गरेको हो।
  • सारांश प्रतिवेदनमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ५ (क)अनुसार सेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्दछ।

३ जेठ, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वीकृतिबेगर ५६ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको सेयर लगानी गरेको पाइएको छ। महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कानुन उल्लंघन गरी सब्सिडरी, एसोसिएट र अन्य गरी ३५ निकायमा उक्त रकमबराबरको सेयर लगानी गरेको उल्लेख गरेको हो।

सारांश प्रतिवेदनमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ५ (क)अनुसार सेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्दछ। नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वीकृतिबेगर ३५ निकाय (सब्सिडरी, एसोसिएट तथा अन्य)मा ५६ अर्ब ८ करोड ६० लाखबराबरको सेयर लगानी गरेको छ।’ त्यस्तै गण्डकी प्रदेशका २ मन्त्रालयबाट सरकारको स्वीकृति नलिई ३८ करोड १३ लाख रुपैयाँबराबरको रकम प्राप्त गरेको पनि महालेखाले औँल्याएको छ। यसबाहेक प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई सञ्चालकको रुपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराएको पनि प्रतिवेदनमा औँल्याइएको छ। यसरी सञ्चालक नियुक्ति गर्दा नेपाल सरकारको स्वीकृति लिएको नदेखिएको महालेखाले उल्लेख गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २२ जनाको मृत्यु
इजरायली सैनिकको आक्रमणमा लेबनानमा २२ जनाको मृत्यु
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
आज सुनचाँदीको मूल्य सामान्य घट्यो
आज सुनचाँदीको मूल्य सामान्य घट्यो
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु