स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन

सारांश

  •   स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिश्चितताको माग गर्दै ​नेविसंघले बुधबारबाट रिले अनसन शुरू गरेको हो ।
  • त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएकोमा सबै तयारी पूरा हुँदासमेत विभिन्न बहानामा निर्वाचन रोकिएको थियो ।
  • ​ नेविसंघले निर्वाचन जित्ने भएसँगै विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितताको माग गर्दै रिले अनसन शुरू गरिएको नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका इकाई अध्यक्ष महेशमणि पौडेलले जानकारी दिए ।

 

१३ चैत,  काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रिले अनसन शुरू गरेको छ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिश्चितताको माग गर्दै ​नेविसंघले बुधबारबाट रिले अनसन शुरू गरेको हो । त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएकोमा सबै तयारी पूरा हुँदासमेत विभिन्न बहानामा निर्वाचन रोकिएको थियो । ​

नेविसंघले निर्वाचन जित्ने भएसँगै विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितताको माग गर्दै रिले अनसन शुरू गरिएको नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका इकाई अध्यक्ष महेशमणि पौडेलले जानकारी दिए ।  उनका अनुसार आज नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले रिले अनसनमा बसेका छन् । ‘कलेजमा हाम्रो संगठनले जित्ने देखिएपछि विभिन्न बहानामा निर्वाचन नगराउने प्रपञ्च रचिएको छ । हामी विद्यार्थीको हक अधिकार सुनिश्चितताका लागि निर्वाचन चाहान्छौं,’ उनले भने ।  स्ववियु निर्वाचन सुनिश्चित गर्न, कार्यतालिका सार्वजनिक गर्नेसहित स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।

यी मागहरु पूरा गरी छिटोभन्दा छिटो स्ववियु निर्वाचन सुनिश्चित नभएमा आफूहरू आमरण अनसन बस्न समेत बाध्य हुने स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले बताए ।  ‘हामी स्ववियु निर्वाचन चाहान्छौं । यदि हाम्रो मागलाई बेवास्ता गरियो, हाम्रो रिले अनसनलाई कमजोर सोचेर निर्वाचन नगर्ने प्रपञ्च रचियो भने हामी भोलिका दिनमा आमरण अनसन समेत बस्ने चेतावनी दिन्छौं,’ मियाँले भने ।  लामो विरासत बोकेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा गत २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यस वर्ष निर्वाचनको सम्पूर्ण तयारी हुँदासमेत क्याम्पस प्रशासनले नै निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ