ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
४६ पटक हेरिएको
Shares
ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् ।
  • उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो ।

२३ कात्तिक, काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् । उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो ।

तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो ।’ उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको बताए । ओलीले भने, ‘युवाहरुको काँधमा जिम्मेवारी यस कारण पनि आएको हो कि जेनजी भन्ने कुरा कुनै मानव विकासको अवधिसँग होइन, कम्प्युटर साइन्सको विकास अवधिसँग सम्बन्धित हो । तर त्यसलाई युवाहरुसँग जोडेर, उनीहरुलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो ।’ उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरु मध्ये धेरै जायज रहेको पनि बताए । ‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरुले राम्रा मागहरु राखेका थिए,’ओलीले भने, ‘तर ती माग, आन्दोलन र मुद्दा युवाहरुका हातबाट खोस्ने तत्वहरु पहिले नै त्यहाँ जम्मा भइसकेका थिए । युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो ।’

अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे । उनले भने ‘२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन । त्यो त घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो ।’ ओलीले युवाहरुलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे । ‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन । यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
खैरो हेरोइनसहित ५ जना पक्राउ
खैरो हेरोइनसहित ५ जना पक्राउ
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता