पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सारांश

  • पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।
  • उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो ।
  • १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

२६ असोज, काठमाडौं ।

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो ।

८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो । उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो । उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत एक लाख घुससहित पक्राउ
म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत एक लाख घुससहित पक्राउ
भारतको केरलामा डुङ्गा पल्टिंदा २१ जनाको मृत्यु।
भारतको केरलामा डुङ्गा पल्टिंदा २१ जनाको मृत्यु।
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव