Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
४९ पटक हेरिएको
Shares
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव

सारांश

  • सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस वर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् ।
  •   बर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए ।
  • त्यस्तै उनले शिवपुरी लगायतका स्रोतबाट व्यवस्थापन गरेर भए पनि उपत्यकावासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे ।

 

९ वैशाख, काठमाडौं–

खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस वर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् ।  बर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए ।

त्यस्तै उनले शिवपुरी लगायतका स्रोतबाट व्यवस्थापन गरेर भए पनि उपत्यकावासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे । मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानबिन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउँदा सीमामा नै रोकिएको उनले गुनासो गरे ।मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शत प्रतिशत लगानी राज्यले गर्ने उल्लेख गरे  । उनले देशका सबै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भए पनि बजेटका कारण केही समस्या आएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?