२३ माघ २०८२, बिहीबार

बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी

११ असोज, वीरगन्ज ।

बारामा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँएर घाइते भएका ६ जना मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।  कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७:४० बजेतिर ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोकिँदा ६ जना घाइते भएका थिए।  तीमध्ये उपचारका क्रममा शनिबार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–११ कचोर्वाकी ३७ वर्षीया जुही साह र प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका–१ का १८ वर्षीय समशाद आलम देवान रहका छन्। जुहीको बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजे र आलमको भने त्यही अस्पतालमा उपचारका क्रममा शनिबार बिहान २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

दुर्घटनामा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार मृतक जुहीका पति ३८ वर्षीय किशोरी साह, उनका दुई छोराहरू १३ वर्षीय  कौशल साह र १२ वर्षीय कृष्ण साह तथा महागढीमाई नगरपालिका–१ बस्ने १८ वर्षीय अफताब आलम घाइते छन्।  तीमध्ये मृतक जुहीका पति किशोरीको कलैया हस्पिटलमा र उनका दुई छोराहरू कौशल र कृष्णको भने वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए। अर्का घाइते अफताबको पनि नेशनल मेडिकल कलेजमै उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको नेपालले बताए।

Post Comment

छुटाउनुभयो कि ?