तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
५७ पटक हेरिएको
Shares
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु

सारांश

  • चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् ।
  • तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ ।
  • पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो ।

७ असोज, काठमाडौं ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी छ । पहिरोका कारण एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक सोमबारदेखि सञ्चालनमा ल्याइएको थियो । पहिरो पछाउने काम आइतबार सकिए पनि ग्राभेल गरेर सोमबारदेखि सडकमा सवारी आवागमन सुरु गरिएको हो ।

उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो खसेका थिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएको थियो । सडक डिभिजन कार्यालय चरिकोटले बीचबीचमा बाटो खुलाउने प्रयास गरे पनि पानी पर्नासाथ झर्ने पहिरोले पछिल्लो समय गत भदौ ८ गतेदेखि ठप्प भएको थियो । बाटो पूर्णरुपमा बन्द हुँदा स्थानीयको आउजाउसँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो । सडक खुलाउन पटक–पटक पहिरो पन्छाउनुपर्ने हुँदा पहिरोले लेदो बग्ने र जमिन चर्किने गर्नाले पहिरोभन्दा माथिको करिब दुई सय घर धुरी जोखिममा परेका थिए ।

स्थानीयले समस्याको दीर्घकालीन समाधान नगरी पहिरो नहटाउन भनेपछि बाटो खुलाउने काम रोकिएको थियो । अन्तरिम चुनावी सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सरोकारवालाको बैठक बोलाएर बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । सो निर्देशनपछि असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो । पहिरोको दीर्घकालीन समाधानका लागि कात्तिक मसान्तमा ठेक्काको सूचना निकाल्ने र असार मसान्तसम्मभित्र काम सुरु गर्ने सहमति भएको छ । सो सहमतिसँगै सडक डिभिजन कार्यालयले ७ दिनभित्र सडक खुलाउने लक्ष्यअनुसार कामलाई तीव्रता दिएको थियो ।

उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कुसहित पाँच ठाउँमा खसेको खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । सडक सञ्चालनको अवस्थाबारे बुझ्न सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोली समेत पुगेको थियो । अनुगमनका क्रममा टोलीले पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यलगायतका विषयमा छलफल समेत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता
झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
४० किलो गाँजासहित पाँच जना पक्राउ
४० किलो गाँजासहित पाँच जना पक्राउ
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति
मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति
उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु
उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु
नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो
अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो