सिन्धुली कारागारबाट ४७१ कैदीबन्दी फरार
२५ भदौ, सिन्धुली ।
सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी बुधबार दिउँसो सामूहिक रूपमा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारभित्र आगजनी र नाराजुलुसपछि ठूलो संख्यामा कैदी बाहिर निस्किएका हुन् ।
प्रहरीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीहरूले गेट तोडफोड गर्दै बाहिर भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको भएपनि उनीहरूलाई रोक्न नसकिएको हो । भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले केही राउन्ड हवाई फायर गरेका थिए, तर कैदीहरू सिन्धुली बजारतर्फ भाग्न सफल भएका छन् । फरार कैदीहरूको खोजीका लागि सुरक्षाकर्मीले चेकजाँच कडा पारेका छन् र बजार क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment