लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
७ भदौ, काठमाडौं ।
संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर गरिएको भारतीय र चिनियाँ हस्तक्षेपको विरोधमा शनिबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय सेना कालापानी छोड’ जस्ता प्लेकार्ड बोकेका थिए।
अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले सरकारले सधैं कूटनीतिक पहलको कुरा गर्ने भए पनि वास्तविक कदम नचालेको आरोप लगाए। भारतले पटक–पटकको वार्ता प्रक्रादेखि पछि हटेको उल्लेख गर्दै उनले अब यो विषयलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने धारणा राखे। प्रदर्शनमा नेपाली भूमिको रक्षा र विदेशी हस्तक्षेपको अन्त्यको माग गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment