भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
१९० पटक हेरिएको
Shares
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको छ।
  •  रास्वपाको पहिलो महाधिवेशनअघि केन्द्रीय समितिको बैठक बसेको हो।
  • शनिबार अपराह्न केन्द्रीय समितिको बैठक सुरु भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

 

६ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको छ। रास्वपाको पहिलो महाधिवेशनअघि केन्द्रीय समितिको बैठक बसेको हो। शनिबार अपराह्न केन्द्रीय समितिको बैठक सुरु भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

आईतबारदेखि रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनेछ। महाधिवशेनअघि रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको हो। बैठकमा चार वटा एजेन्डा रहेका छन्। पहिलो राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनका विषयमा छलफल हुने भएको छ। त्यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

 

हाल रास्वपाको केन्द्रीय समिति १३१ सदस्यीय छ। विधान संशोधन गरेर त्यसलाई १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ। आजको केन्द्रीय समिति बैटकले पारित गरेको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ। बन्दसत्रले पारित गरेसँगै नयाँ केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?