८ चैत्र २०८२, आईतवार

भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले जंगीअड्डामा गएर प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट गरेका छन्।  भेटको अवसर पारेर सैनिक मुख्यालयमै सामग्रीको हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो।

नेपालस्थित भारतीय दूतावासमा अनुसार त्यस अवसरमा ‘लाइट स्ट्राइक’ सवारीसाधन, अत्यावश्यक उपचारका लागि प्रयोग हुने उपकरण तथा सैनिक जनावरहरू हस्तान्तरण गरिएको उल्लेख गरेको छ।

जसमा ६ थान सवारीसाधन, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने २ वटा कुकर रहेका छन्।

‘यी सामग्रीहरूको हस्तान्तरणले दुवै सेनाबीचको घनिष्ठ सम्बन्ध र हाम्रो द्रढ रक्षा सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ दूतावासले भनेको छ, ‘यसले आपसी विश्वास र साझेदारीको भावनालाई आत्मसात् गर्दछ, जुन हाम्रो दीर्घकालीन सम्बन्धको विशेषता रहँदै आएको छ।’ मिस्री आइतबार नेपाल भ्रमणमा आएका थिए। उन आज स्वदेश फर्किनेछन्।

Post Comment

छुटाउनुभयो कि ?