विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
२१ पटक हेरिएको
Shares
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे

सारांश

  • सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् ।
  • स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सूसुचित गर्ने बताए ।
  • ‘तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनुभएको छ’, उनले भने, ‘अबको चुनौती एआईलगायत प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्यूजलाई रोक्नु हो ।

३१ साउन, काठमाडौँ ।

सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सूसुचित गर्ने बताए । ‘तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनुभएको छ’, उनले भने, ‘अबको चुनौती एआईलगायत प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्यूजलाई रोक्नु हो । यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ । मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ ।’

सभामुख घिमिरेले रोगबारेमा भन्दा रोग लाग्नबाट जोगिने विषयलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनचेतनाको कारणले रोग बढ्ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताको रोगबारे जनचेतना जगाउनुपर्ने बताए । उनले स्वास्थ्य पत्रकारहरुले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकालाई दबाब दिन सक्ने बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा विकास भए पनि सर्वसाधारणको पहुँचमा अझै उपचार नपुगेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च अझ क्रियाशील भएर स्वास्थ्य क्षेत्र सुधारका लागि दबाब सिर्जना गर्दैअघि बढ्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले पत्रकारितामार्फत निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम भएको भन्दै तथ्यमा रहेर काम गर्न शुभकामना दिए । विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा.राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पछिल्लो पटक डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गर्दै आएको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले विधागत पत्रकारिताको विकास क्रमसँगै स्वास्थ्य पत्रकारिता उदाएको उल्लेख गर्दै डिजिटल मिडिया आएका कुरा सबै समाचर नभएको बताइन् । मञ्चका अध्यक्ष भिषा काफ्लेले मञ्चको १० वर्षे इतिहास आरोह अवरोहका बारेमा चर्चा गर्दै आफूहरुले गर्न खोजेका कामका विषयमा चर्चा गरिन् । सोही कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका संस्थापकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
अहमदाबाद विमान दुर्घटना: मृतकको संख्या २७५ पुग्यो, ३४ जना जहाज खसेको भवनका
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
संघीय संसदको बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका
दसैंमा सुनसान भयो काठमाडौं उपत्यका