२६ भाद्र २०८२, बिहीबार

एक सातामा प्रतितोला ३ हजार २ सय घट्यो सुन

३० साउन, काठमाडौं ।

एक सातामा सुनको भाउ ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३४० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment