पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
१३ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग

सारांश

  • नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनु पर्ने बताएका छन्।
  • प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा उनले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मानव अधिकार उल्लङ्घन भएको भन्दै सो घटनामा पूर्वराजा शाहको संलग्नता स्पष्ट पार्न आवश्यक रहेको बताए ।
  • कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले फागुन २५ गते पोखराबाट काठमाडौं आउँदै गर्दा पूर्वराजालाई नागरिकहरूले गरेको भव्य स्वागतबारे प्रश्न उठ्न थालेको भन्दै चैत १५ को घटनामा उनको भूमिका के थियो भन्नेबारे विभिन्न प्रश्नहरु उठेको बताए ।

 

२९ चैत,  काठमाडौं ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनु पर्ने बताएका छन्।प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा उनले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मानव अधिकार उल्लङ्घन भएको भन्दै सो घटनामा पूर्वराजा शाहको संलग्नता स्पष्ट पार्न आवश्यक रहेको बताए ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले फागुन २५ गते पोखराबाट काठमाडौं आउँदै गर्दा पूर्वराजालाई नागरिकहरूले गरेको भव्य स्वागतबारे प्रश्न उठ्न थालेको भन्दै चैत १५ को घटनामा उनको भूमिका के थियो भन्नेबारे विभिन्न प्रश्नहरु उठेको बताए । उनले पूर्वराजा नेपाली नागरिक नै भएकाले समितिमा छलफलका लागि बोलाउनु पर्ने बताए । ‘पूर्वराजा शाह अहिले एक जना नेपाली नागरिक हुनुहुन्छ। उहाँलाई समितिमा बोलाऔं र सोधौं यो मानव अधिकार उल्लङ्घनको घटना तपाईंको संलग्नतामा भयो कि भएन? तपाईंले नागरिकको हैसियतमा यस्तो गर्न पाउनुहुन्छ कि हुँदैन? यसबारेमा स्पष्ट छलफल आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?