८ श्रावण २०८२, बुधबार

युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ

५ साउन, महोत्तरी ।

महोत्तरी गाउँपालिका–१, पर्सा टोलका ३२ वर्षीय विमलेश यादवको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।पक्राउ परेकी झा महोत्तरीको बनौटा गाउँकी मूल निवासी हुन् र हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन्।

प्रारम्भिक अनुसन्धानमा यादव र झाबीच व्यक्तिगत विवाद भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, झालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। मृतक यादवको शव पोस्टमार्टमका लागि पठाइएको छ र घटनाको वास्तविक कारणबारे प्रमाण संकलन भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?