नक्कली सुन देखाएर ३२ लाख ठगी, समातिए ३ अभियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
२० पटक हेरिएको
Shares
नक्कली सुन देखाएर ३२ लाख ठगी, समातिए ३ अभियुक्त

सारांश

  • नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका तीन जना सदस्यलाई काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ताप्लेजुङ फाकुम्बाका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्गका ३६ वर्षीय विजय तामाङ र ताप्लेजुङ मिरिङदुयानका ४४ वर्षीय बिरेन लिम्बु छन्।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्का देखाई ‘सस्तोमा सुन दिन्छौं’ भन्दै विश्वासमा पारेर ठगी गरेको भन्दै उजुरी परेको थियो ।

३१ असार, काठमाडौं ।

नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका तीन जना सदस्यलाई काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फाकुम्बाका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्गका ३६ वर्षीय विजय तामाङ र ताप्लेजुङ मिरिङदुयानका ४४ वर्षीय बिरेन लिम्बु छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्का देखाई ‘सस्तोमा सुन दिन्छौं’ भन्दै विश्वासमा पारेर ठगी गरेको भन्दै उजुरी परेको थियो ।

उनका अनुसार, यो गिरोहले ललितपुरका खोकनाका ४४ वर्षीय आशारत्न डंगोल २५ लाख रुपैयाँ र भक्तपुर सूर्यविनायक–४ का ३० वर्षीय रामचन्द्र गहतराजको ७ लाख रुपैयाँ ठगी गरेको थियो । प्रहरीले पक्राउ पर्नेहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातुको एक थान ढिक्का, फलामको ह्याम्बर, चार पाटा ढिक्का र आधा भाग भाँचिएको चक्कु समेत बरामद गरेको जनाएको छ । थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल
अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
कहिले खोल्छ सर्वाेच्चले गगनको मुखमा लगाएकोे ताला ?
कहिले खोल्छ सर्वाेच्चले गगनको मुखमा लगाएकोे ताला ?
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै