सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

सारांश

  • पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
  • म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो ।
  • बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए ।

११ साउन, म्याग्दी ।

पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो ।

बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
शिक्षक सेवा र निजामती सेवा ऐन छिट्टै पारित गर्छौं : गृहमन्त्री
शिक्षक सेवा र निजामती सेवा ऐन छिट्टै पारित गर्छौं : गृहमन्त्री
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
अध्यक्षले एक घण्टामा बन्छ भनेको हुलाकी सडक तीन दिनसम्म पनि बनेन
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
कारोबारसँगै घट्यो सेयर बजार
कारोबारसँगै घट्यो सेयर बजार
यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक