स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
१५ असार, महोत्तरी ।
स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका-७ का ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अन्सारी रहेका छन्।
सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रुपैयाँसहित उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी गैंडाभेटपुरबाट खटिएको प्रहरीले भारतको कन्हमा बोर्डरबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment