आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ

सारांश

  • आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ का सफिराजा मियाँ पक्राउ परेका छन्।
  • शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन्।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

९ असार, वीरगञ्ज ।

आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ का सफिराजा मियाँ पक्राउ परेका छन्।शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान्-श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’ उनले भने, ‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?