२६ भाद्र २०८२, बिहीबार

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट

१७ जेठ, काठमाडौं ।

चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्।  साताव्यापी भ्रमणमा क्रममा चीनको गान्सु प्रान्त पुगेकी उनले शनिबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी हुन्। भ्रमण टोलीमा रहेका नेकपा एमालेका नेता कर्णबहादुर थापाका अनुसार उनीहरुबीचको भेटमा दुई देशबीचको कूटनीतिक स्तर र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो।

त्यस्तै गान्सु प्रान्तका पार्टीका उपप्रमुख रेन जेन्हेसँग पनि पूर्वउपराष्ट्रपति भण्डारीले भेट गरेकी थिइन्। उक्त भेटमा नेपाल, चीन तथा गान्सु प्रान्तकोआपसि हित र सम्बन्धका विषयमा छलफल भएको थापाले बताए। पूर्वराष्ट्रपति भण्डारीलाई गान्सु प्रान्तका  मुख्यमन्त्रीले रात्री भोजको आयोजना समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?