यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
यूएईलाई हराउँदै नेपालले जित्यो एसिसी‌ यू-१९ प्रिमियर कपको उपाधि

सारांश

  • ‌ एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।
  • मंगलबार भएको फाइनलमा यूएईलाई डकवर्थ लुईस पद्धतिको आधारमा २० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
  • यूएईले भने गत वर्षको हारको बदला लिने लक्ष्य पूरा गर्न सकेन ।

काठमाडौं।‌ एसिसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मंगलबार भएको फाइनलमा यूएईलाई डकवर्थ लुईस पद्धतिको आधारमा २० रनले हराउँदै नेपालले उपाधि जितेको हो । यूएईले भने गत वर्षको हारको बदला लिने लक्ष्य पूरा गर्न सकेन । ऊ गत फागुनमा नेपालसँग हार बेहोर्दै यू–१९ विश्वकपमा छनोट हुन वञ्चित भएको थियो ।

यसपटक फाइनलमा डिएलए मेथडअनुसार यूएईले २७ ओभरमा १ सय ९८ रन बनाउनुपर्ने थियो । तर, ऊ २६.५ ओभरमा १७८ रनमा अलआउट भयो । उसका लागि ध्रुव पराशरले ५९, कप्तान आयान अफजल खानले ३०, आर्यंश शर्माले ३२, यिन किरण राईले १७ र इथान डिसुजाले १३ रन बनाए ।

नेपालका लागि आकाश त्रिपाठीले चार, सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रन बनायो । नेपालका लागि देव खनालले सर्वाधिक १ सय रनको पारी खेले । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे ।

देवले अर्जुन कुमालसँग तेस्रो विकेटका लागि १ सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । त्यस्तै, उत्तम थापा मगरले ५७ रन जोडे । अर्जुन कुमालले ५५ रनको इनिङ खेले । दीपक डुम्रेले २८, दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसीले तीन रन बनाए ।

यूएईका लागि हरित शेठ्ठीले पाँच, कप्तान आयन खानले दुई र अम्मर बदानीले एक विकेट लिए । नेपालले समूह चरणमा इरानविरुद्ध २७४ रन, बहराइनविरुद्ध ७ विकेट र साउदी अरेबियाविरुद्ध ३०२ रनको जित निकालेको थियो ।

यस्तै, यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट र कतारलाई १० विकेटले हराएको थियो । यसपटक एसिसी प्रिमियर कपबाट नेपाल, यूएई र जापान यू–१९ एसिया कपमा छनोट भएका छन् । एसिया कप आउँदो डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो