सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने

सारांश

  • क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
  • क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।
  • कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् ।

 

११ वैशाख, काठमाडौं ।

क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् ।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए ।भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् । सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।उक्त खेलमा उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?