सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वर्ल्डलिंकद्वारा मधेश प्रदेशभर ४५ दिने वृक्षारोपण अभियान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
४९ पटक हेरिएको
Shares
वर्ल्डलिंकद्वारा मधेश प्रदेशभर ४५ दिने वृक्षारोपण अभियान सुरु

सारांश

  • वर्ल्डलिंक इन्टरनेटले विश्व पृथ्वी दिवस (२२ अप्रिल) को अवसर पारेर मधेश प्रदेशभरि ४५ दिने वृक्षारोपण अभियान सुरु गरेको छ।
  • ‘हरियाली मधेशको पहिचान — वृक्षारोपण हाम्रो अभियान’ भन्ने नारासहित सुरु गरिएको उक्त अभियानको उद्घाटन बाराको औराहा, सिमरास्थित देव आश्रमबाट गरिएको हो।
  • अभियानअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी सहित उदयपुर र सिन्धुली जिल्लासम्म वृक्षारोपण कार्य विस्तार गरिने वर्ल्डलिंकले जनाएको छ।

 

१० वैशाख,  बारा ।

वर्ल्डलिंक इन्टरनेटले विश्व पृथ्वी दिवस (२२ अप्रिल) को अवसर पारेर मधेश प्रदेशभरि ४५ दिने वृक्षारोपण अभियान सुरु गरेको छ। ‘हरियाली मधेशको पहिचान — वृक्षारोपण हाम्रो अभियान’ भन्ने नारासहित सुरु गरिएको उक्त अभियानको उद्घाटन बाराको औराहा, सिमरास्थित देव आश्रमबाट गरिएको हो।

अभियानअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी सहित उदयपुर र सिन्धुली जिल्लासम्म वृक्षारोपण कार्य विस्तार गरिने वर्ल्डलिंकले जनाएको छ। वर्ल्डलिंक सिमरा शाखाका प्रमुख सबिन केसीका अनुसार देव आश्रम जस्तो धार्मिक र सामुदायिक आस्थाको केन्द्रमा अभियानको सुरुवात हुनु अभियानको उद्देश्यलाई अझ अर्थपूर्ण बनाउने कार्य हो। “यसले केवल हरियाली विस्तारमा मात्र नभई धार्मिक स्थललाई पनि स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउने हाम्रो प्रयासलाई बल मिलेको छ,” केसीले बताए।

देव आश्रम परिसरमा आयोजित उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक स्थलका प्रतिनिधि, विद्यार्थी तथा वर्ल्डलिंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सतिसाल, गोलमोल लगायत विभिन्न जातका बिरुवा रोपिएका थिए। वृक्षारोपण अभियानको समापन आगामी ५ जुन, विश्व वातावरण दिवसमा हुने बताइएको छ। समापन समारोहमा वृक्ष संरक्षण, वातावरणीय सचेतना तथा सरसफाइसम्बन्धी कार्यक्रमहरू समेत समावेश गरिने वर्ल्डलिंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक  ‘सञ्जाल’ तयार पार्दै
सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
बिकासका काममा ढिलासुस्ति नगर्न मुख्यमन्त्रीको निर्देशन
बिकासका काममा ढिलासुस्ति नगर्न मुख्यमन्त्रीको निर्देशन
कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 
कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ