वर्ल्डलिंकद्वारा मधेश प्रदेशभर ४५ दिने वृक्षारोपण अभियान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
वर्ल्डलिंकद्वारा मधेश प्रदेशभर ४५ दिने वृक्षारोपण अभियान सुरु

सारांश

  • वर्ल्डलिंक इन्टरनेटले विश्व पृथ्वी दिवस (२२ अप्रिल) को अवसर पारेर मधेश प्रदेशभरि ४५ दिने वृक्षारोपण अभियान सुरु गरेको छ।
  • ‘हरियाली मधेशको पहिचान — वृक्षारोपण हाम्रो अभियान’ भन्ने नारासहित सुरु गरिएको उक्त अभियानको उद्घाटन बाराको औराहा, सिमरास्थित देव आश्रमबाट गरिएको हो।
  • अभियानअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी सहित उदयपुर र सिन्धुली जिल्लासम्म वृक्षारोपण कार्य विस्तार गरिने वर्ल्डलिंकले जनाएको छ।

१० वैशाख,  बारा ।

वर्ल्डलिंक इन्टरनेटले विश्व पृथ्वी दिवस (२२ अप्रिल) को अवसर पारेर मधेश प्रदेशभरि ४५ दिने वृक्षारोपण अभियान सुरु गरेको छ। ‘हरियाली मधेशको पहिचान — वृक्षारोपण हाम्रो अभियान’ भन्ने नारासहित सुरु गरिएको उक्त अभियानको उद्घाटन बाराको औराहा, सिमरास्थित देव आश्रमबाट गरिएको हो।

अभियानअन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी सहित उदयपुर र सिन्धुली जिल्लासम्म वृक्षारोपण कार्य विस्तार गरिने वर्ल्डलिंकले जनाएको छ। वर्ल्डलिंक सिमरा शाखाका प्रमुख सबिन केसीका अनुसार देव आश्रम जस्तो धार्मिक र सामुदायिक आस्थाको केन्द्रमा अभियानको सुरुवात हुनु अभियानको उद्देश्यलाई अझ अर्थपूर्ण बनाउने कार्य हो। “यसले केवल हरियाली विस्तारमा मात्र नभई धार्मिक स्थललाई पनि स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउने हाम्रो प्रयासलाई बल मिलेको छ,” केसीले बताए।

देव आश्रम परिसरमा आयोजित उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक स्थलका प्रतिनिधि, विद्यार्थी तथा वर्ल्डलिंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सतिसाल, गोलमोल लगायत विभिन्न जातका बिरुवा रोपिएका थिए। वृक्षारोपण अभियानको समापन आगामी ५ जुन, विश्व वातावरण दिवसमा हुने बताइएको छ। समापन समारोहमा वृक्ष संरक्षण, वातावरणीय सचेतना तथा सरसफाइसम्बन्धी कार्यक्रमहरू समेत समावेश गरिने वर्ल्डलिंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना