आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
८७ पटक हेरिएको
Shares
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै

सारांश

  • आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन ।
  • त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
  • विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

२६ चैत, काठमाडौं ।

आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, ११ जना घाइते
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…
पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराएपछि…
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली