जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

सारांश

  • उहाँलाई खाना पकाउन दाउरा चाहिन्थ्यो ।
  • दाउराको आवश्यकता उहाँले नजिकैको सामुदायिक वनबाट टार्दै आउनुभएको थियो ।
  • उहाँ दाउराको चुल्होबाट मुक्त हुनु भएको छ ।

भजनी (कैलाली), २७ चैतः

भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उहाँलाई खाना पकाउन दाउरा चाहिन्थ्यो । दाउराको आवश्यकता उहाँले नजिकैको सामुदायिक वनबाट टार्दै आउनुभएको थियो । उहाँ दाउराको चुल्होबाट मुक्त हुनु भएको छ । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उहाँको मुहारमा चम आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् । हेमराज भन्नुहुन्छ, “ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौँ । जङ्गल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”वर्षौँदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास हुनुहुन्छ । “दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु ”, उहाँले भन्नुभयो, “ सिलिण्डरसँगै सँगै चुल्हो पनि पाएपछि हामी खुसी छौँ ।” उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षात्को समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताउनुभयो । “दाउरा ओभानोमा राख्ने ठाउँ छैन ।

आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्”, उहाँ भन्नुहुन्छ, “अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।” विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउनुहुन्छ । उहाँले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताउनुभयो । “एक जना दाउराको खोजीमा हिँड्नुपथ्र्यो । त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो”, उहाँले भन्नुभयो, “अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।”वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार रु आठ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो । “बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जङ्गल बढी मासिन थाल्यो”, उहाँले भन्नुभयो, “अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जङ्गल जोगिने आशा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु
जनकपुरधाममा एक महिलाको शंकास्पद मृ*त्यु, श्रीमान नियन्त्रणमा
जनकपुरधाममा एक महिलाको शंकास्पद मृ*त्यु, श्रीमान नियन्त्रणमा
जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा
जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै