दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ११, २०८०
|
|
४१ पटक हेरिएको
Shares
दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

सारांश

  • दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।
  • हिजो (बुधबार) राति सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
  • जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताउनुभयो ।

११ असोज, दोलखा । दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) राति सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताउनुभयो । उक्त सुन लप्ची नाकाबाट भित्रिएको हुनसक्ने खड्काले आशंका गरेका छन् । पक्राउ परेका तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेका तीनै जना विगु गाउँपालिका–१ लामाबगरबासी भएको प्रहरीले जनाएको छ ।

चीन सरकारले आइतबारदेखि तिब्बतसँग जोडिएको दोलखाकाका दुईवटा नाका खुला गरेको थियो । सुन भित्रिँदै गरेको गोप्य सूचना पाएपछि खड्कासहितको प्रहरी टोली हिजो राति सिंगटी पुगेको थियो । एक-एक केजीको चार पिस सुनसहित तीन जनालाई हिजो राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । सुन सिंगटीका स्थानीय व्यवसायीलाई परीक्षण गराइएको छ भने थप परीक्षण सदरमुकाम चरिकोटमा गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । उक्त तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ७ दिनसम्म हिरासतमा राख्न अनुमति
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
सर्वोच्चद्वारा रेशम चौधरीको माफी मिनाहा सदर
सर्वोच्चद्वारा रेशम चौधरीको माफी मिनाहा सदर
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड