त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
४० पटक हेरिएको
Shares
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

सारांश

  • नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ ।
  • सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।
  • नेपाल विद्यार्थी संघबाट टिकट नपाएपछि स्वतन्त्र विद्यार्थी युनियनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले त्रिचन्द्र बहुमुखी क्याम्पसको मूल गेटमै ताला लगाइदिएका छन् ।

४ चैत, काठमाडौँ ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघबाट टिकट नपाएपछि स्वतन्त्र विद्यार्थी युनियनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले त्रिचन्द्र बहुमुखी क्याम्पसको मूल गेटमै ताला लगाइदिएका छन् । तालासँगै टाँसिएको पर्चामा भनिएको छ, ‘हाम्रो जायज माग पूरा नभएसम्म क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको छ ।’

तालाबन्दीका कारण कर्मचारी प्रशासनको कामसमेत प्रभावित भएको छ । पर्चामा सभापति पदका उम्मेदवार विवेक बानियाँ र श्रीधर श्रेष्ठको हस्ताक्षर छ । यी दुवै उम्मेदवारले मनोनयनका क्रममा नेविसंघबाट उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन समितिले गोविन्द कोइरालालाई आधिकारिकता दिएपछि उनीहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सोही समूहले त्रिचन्द्रमा तालाबन्दी गरेका हो । नेविसंघले क्याम्पसमा तालाबन्दी गरेसँगै अनेरास्ववियुले भने त्यसको विरोधमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठनको विवादले तालाबन्दी भएपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ‘ताला संघ चुनाव हुन देऊ’ भन्दै त्रिचन्द्रमा प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृ*त्यु, आधाभन्दा बढी युवा
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’