प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको माला
२८ फागुन, बुटवल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोग्रामको फूलमाला लगाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उनको उमेरअनुसार रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समितिले ७१ किलोको माला लगाइदिएको ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।
७१ किलोको मालामा नेता वर्षमान पुन पनि अटाएका थिए । प्रचण्ड आजै रुपन्देहीका ४ वटा कार्यक्रममा सहभागी हुँदैछन् ।





Post Comment