अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
२६ फागुन, काठमाडौं- अनुमति नलिइकन आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौँ आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ । ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनीहरू फागुन १२ मा काठमाडौँ आएर अलफ्ट होटलमा बसेका थिए ।
उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले उनीहरूलाई भारतीय दूतावासको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाई मार्ग मार्फत भारत फिर्ता पठाएको छ । पन्जाबाट आएको भारतीय प्रहरी टोली एक जना भारतीय आरोपी खोज्दै काठमाडौँ आएका हुन् । उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment