दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
२२ फागनु, दक्षिण कोरियाको वायुसेनाले सैन्य अभ्यासका क्रममा गल्तीले आठ वटा बम खसालेपछि सात जना घाइते भएका छन् । अभ्यासका क्रममा एक लडाकू विमानले नागरिकमाथि गल्तीले बम खसालेपछि घाइते भएका सातमध्ये चारको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाली वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समयअनुसार राति १० बजे उत्तर कोरियाको सीमा नजिकै रहेको पोचेन शहरमा भएको थियो । गल्तीले खसेका आठमध्ये एउटा मात्रै बम बम विस्फोट भएको बताइएको छ । बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा नष्ट गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment