२६ जेष्ठ २०८२, आईतवार

भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन

 

१९ फागुन,  सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए । उनले आफूले परियारलाई भेटेर आएको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोग सम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?