जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२४ पटक हेरिएको
Shares
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन

सारांश

  • जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
  • कार्यालयको ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ ।
  • चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए ।

१६ फागुन, जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए ।

उनका अनुसार चालू आवको साउन महिनामा ७७ दशमलव ७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७ दशमलव ४५, कात्तिकमा ६८ दशमलव ७१, मंसिरमा ७६ दशमलव ६०, पुसमा ८६ दशमलव ३१, माघमा ७९ दशमलव ६५ तथा फागुन १५ गतेसम्ममा २५ दशमलव ७९ प्रतिशत राजस्व संकलन भएको छ । उक्त भन्सारअन्तर्गत जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी एवं फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कञ्चापदार्थ,

घरायसीलगायत सामग्री आयात भएको भन्सार अधिकृत दासले बताए । उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन् । ती कार्यालयलाई पाँच हजार रुपैयाँसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा