सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध
धनगढी – सुदूरपश्चिम प्रदेश सभाका चार वटा विषयगत समितिमा सभापति निर्विराेध निर्वाचित भएका छन्। प्रदेश सभाका चार वटा समितिकाे सभापतिमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनाेनयन दर्ता गरेका थिए।
हरेकमा एक जनाकाे मात्र उम्मेदवारी परेपछि आइतबार चारै सभापतिलाई निर्वाचित घाेषणा गरिएकाे हाे। उनीहरुले आजै सपथ ग्रहणसमेत गरिसकेका छन्। सामाजिक विकास समितिकाे सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नाउपाका घनश्याम चाैधरी, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कल बहादुर रावल र विशेषाधिकार समितिकाे सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकाेटा निर्विरोध निर्वाचित भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment