विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

सारांश

  • विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारतीय नागरिक मृत भेटिएका छन् ।
  • भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।
  • मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् ।

 

२५ पुस, विराटनगर । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारतीय नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।

मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए । बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनकाे शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जाेशीले बताए । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?