सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २५, २०८१
|
|
५२ पटक हेरिएको
Shares
विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

सारांश

  • विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारतीय नागरिक मृत भेटिएका छन् ।
  • भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।
  • मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् ।

 

२५ पुस, विराटनगर । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारतीय नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।

मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए । बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनकाे शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जाेशीले बताए । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?