महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला

सारांश

  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आइपुगेकी छन् ।
  • यही महिनादेखि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो काठमाडौंमा हुने इन्टरनेसनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आएकी हुन् ।
  • युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

 

३० माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आइपुगेकी छन् ।

यही महिनादेखि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो काठमाडौंमा हुने इन्टरनेसनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आएकी हुन् ।युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल पनि फर्किने भएका छन्। उनीहरु भोलिमात्रै नेपाल आउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?