Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
६७ पटक हेरिएको
Shares
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ

सारांश

  • सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् ।
  • कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल-भारत सिमाना गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

 

३० माघ, काठमाडौं । सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल-भारत सिमाना गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई आजै कैलाली पुर्‍याइएको छ । सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको ०६७ साल मंसिर २७ गतेको फैसलाले २०६६ असार ११ गतेदेखि लागू हुने गरी सर्वस्वसहित जन्म कैद सजाय सुनाएको थियो । त्यसअघि उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए ।

त्यसैबेला उनीमाथि भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको अभियोगमा अदालतले सर्वस्वसहित जन्म कैद सजाय सुनाएको हो । सिंहले २०६४ साल फागुन २४ गते राति गोली प्रहार गरेर साउदको हत्या गरेका थिए । सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरु पनि छन् ।उनीविरुद्ध २०६२ साल असोज २ गते गोदावरी-६ कै मानबहादुर सुनारको हत्या, २०६५ असार १० गते अपहरण, २०६६ असार १० गते हातहतियार खरखजनालगायत मुद्दा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा
सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने
तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ
बाढी महाशाखाको चेतावनी: आज यी ११ जिल्ला र आसपास सतर्कता अपनाऔँ