जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ

सारांश

  • सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् ।
  • कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल-भारत सिमाना गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

३० माघ, काठमाडौं । सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल-भारत सिमाना गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई आजै कैलाली पुर्‍याइएको छ । सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको ०६७ साल मंसिर २७ गतेको फैसलाले २०६६ असार ११ गतेदेखि लागू हुने गरी सर्वस्वसहित जन्म कैद सजाय सुनाएको थियो । त्यसअघि उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए ।

त्यसैबेला उनीमाथि भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको अभियोगमा अदालतले सर्वस्वसहित जन्म कैद सजाय सुनाएको हो । सिंहले २०६४ साल फागुन २४ गते राति गोली प्रहार गरेर साउदको हत्या गरेका थिए । सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरु पनि छन् ।उनीविरुद्ध २०६२ साल असोज २ गते गोदावरी-६ कै मानबहादुर सुनारको हत्या, २०६५ असार १० गते अपहरण, २०६६ असार १० गते हातहतियार खरखजनालगायत मुद्दा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
यी हुन् मन्त्रिपरिषद्‍का १८ निर्णय
यी हुन् मन्त्रिपरिषद्‍का १८ निर्णय
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी