१० श्रावण २०८२, शुक्रबार

श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण

१७ पुस, काठमाडौं । श्रीलंकाका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको छ । मुद्रण विभाग, प्रहरीको युट्युब च्यानल लगायतमा साइबर आक्रमण भएको हो ।

प्रहरी प्रवक्ता एवम् वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट र श्रीलंका प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको स्थानीय सञ्चारमाध्यमलाई मंगलबार जानकारी गराए ।श्रीलंका कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ ।

एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो ।यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?