घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
२७ मंसिर, साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आज ३३.४२ अंक घटेर २६८२.२९ विन्दुमा ओर्लिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स पनि ६.४४ अंक घटेको छ । त्यस्तै फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको हो । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार १२८ पटकको कारोबारमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment