मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा

सारांश

  • नेपाल मेडिक कलेज, जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
  • आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए ।
  • आन्दोलनर डा.

२४ चैत, काठमाडौं ।

नेपाल मेडिक कलेज, जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए । आन्दोलनर डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए । उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार नीजि मेडिकलहरुले लागू गरिरहेका छैनन् । त्यसैका विरुद्धमा हाम्रो शान्तिपूण विरोध हो । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैँन् भन्नेजस्तो भयो । माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं । यस्तै, डा.अनुशा थापाले सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट यति तलब दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि मेडिकल कलेजहरुबाट कार्यान्वयन नभएको भन्दै धर्नामा आएको बताइन् ।

उनले भनिन्, ‘आन्दोलनको मुख्य कुरा भनेको सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट ४८ हजार तलब दिनुपर्ने हामीले गरेको कामको आधारमा यति दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि माग पूरा नभएकाले धर्नामा आएका हौं ।’ आन्दोलनकारीहरुले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरुलाई १९ हजार ५०० मात्र दिइएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो
त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट